काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि दोस्रो अधिवेशन गर्न लागेको छ । २०५३ सालमा पहिलो अधिवेशन गरेको संघले ७ देखि १० फागुनसम्म दोस्रो अधिवेशन गर्न लागेका हो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।
यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।
चीजकुमार श्रेष्ठ, टंकमणि शर्मा कँडेल, बालकृष्ण दाहाल तदर्थ समितिका अध्यक्ष हुन् । गत मंसिरमा तदर्थ समितिको नयाँ नेतृत्वमा दाहाल मनोनीत भएका थिए । दाहालले दोस्रो अधिवेशन गराउन लागेका छन् । कर्णालीबाहेक अन्य प्रदेशमा अधिवेशन सकिएको अध्यक्ष दाहाल जानकारी गराए ।
अधिवशेन हुन नसकेका जिल्लाबाट प्रतिनिधिहरू पनि महाधिवेशनमा आउन सकिने व्यवस्था गरिएको उनले सुनाए । अधिवेशन हुन दुई जिल्ला बाँकी रहेको दाहालले जानकारी गराए । महाधिवेशनमा चार सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।
संशोधित विधान अनुसार केन्द्रीय कार्यसमितिको पदाधिकारीको संख्या ८ सहित सदस्य ५१ जनाको हुन्छ । हाल तदर्थ समिति भने ९५ सदस्यीय छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाअधिवेशनको उद्धघाट्न सभापति शेरबहादुर देउवाले गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग