हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरले बिहीबार हेटौँडामा पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले आर्थिक सम्पन्नतातर्फ समाजलाई लैजान अहिलेको गठबन्धनको सरकार बनेको बताएका हुन् ।
काँग्रेस नेता सिंहले राजनीतिक स्थायित्व र स्थिरता दिन दुई ठुला दल काँग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धनको सरकार बनेको भन्दै अहिले भएको राजनीतिक परिवर्तनलाई जोगाउँदै नागरिकलाई आर्थिक सम्पन्नताको आभाष दिन सकेनौँ भने समस्या आउने बताए । आम जनताको चाहना भनेको बेरोजगारीको अवस्थाको अन्त्य, बेरोजगारलाई रोजगारी दिने, विदेशमा जानु नपरोस्, आफ्नै परिवारसँग गाउँ–ठाउँमा केही गर्न सकियोस् भन्ने नागरिकको चाहनालाई कार्यान्वयन गर्नेतर्फ हामी लाग्नुपर्ने उनले भने, वर्तमान गठबन्धनको सरकार त्यही दिशामा लागेको छ । समय लाग्दा तर हामीले लक्ष्य र योजना बनाउनै पर्छ । यसतर्फ हामी सबै लाग्नु आवश्यक छ ।
उनले भने, ‘अहिले प्राप्त भएको उपलब्धिहरूलाई सुरक्षित राख्दै र संस्थागत गर्दै अगाडि बढ्नु पर्छ । नागरिकले आर्थिक सम्पन्नता प्राप्त गर्नुपर्छ ।’ उनले सबै जना मन्त्री, माननीय, जिल्ला सभापति बन्न पाउँदैन प्रतिनिधिमूलक हो जो सुकै गए पनि आफैँ गएको र आफ्नो प्रतिनिधि गए सरह आफूलाई लागेको कुरा भन्ने अधिकार कार्यकर्ताको हो भन्दै जनप्रतिनिधि होस् वा पार्टीका पदाधिकारीलाई के गर्दा राम्रो हुन्छ त्यतातर्फ लाग्न सुझाएका छन् ।
सबै सकारात्मक भावना र धारणाका साथ अगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ छ । उनले भने, तपाई हामी सबैले बुझेका छौँ काँग्रेस राजनीतिक पार्टी हो राजनीतिक पार्टीको शक्ति संगठन मजबुत भयो भने आफ्नो लक्ष्य र उद्देश्य हासिल गर्न सहज हुन्छ त्यसैले नेपाली काँग्रेसको सिद्धान्त र आदर्श अनुसार संगठनलाई जोड दिएर अगाडि बढ्नु पर्छ ।’
काँग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलगायतका काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
उपप्रधान तथा सहरी विकास मन्त्री सिंह हेटौँडा उपमहानगरपालिका पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह