काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आगामी चैत ७ देखि हुने परीक्षाको तयारी पूरा भएको जनाएको छ । सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
यस वर्षको एसईईमा पाँच लाख आठ हजार ३९० जना विद्यार्थी सहभागी हुँदै छन् । नियन्त्रक पौडेलका अनुसार, नियमिततर्फ चार लाख ३३ हजार र ग्रेडवृद्धितर्फ ७५ हजार २४५ जनाले परीक्षा दिनेछन् । हालसम्म २७९ वटा परीक्षा केन्द्रको मात्रै टुंगो लागेको र केन्द्र थप हुने उनले बताए ।
यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । नियन्त्रक पौडेलका अनुसार, काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन् । यस्तै, भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
यस्तै, यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदै छन् । सो विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए ।
यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ सिष्टम अनुसार नै हुनेछ, जुन गत वर्षदेखि लागु भइसकेको छ । परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो यस वर्षको एसईई, नतिजा असार ७ भित्रै
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समयतालिका