बुटवल। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३, अर्चलेनेतामा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बुधबार विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अर्घाखाँचीदेखि बुटवलतर्फ जन्ती लिएर आउँदै गरेको ईभी गाडी दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०१–००१ ज ०१४० नम्बरको हाइस छत्रदेव गाउँपालिका–३, अर्चलेनेताको कच्ची सडक खण्डमा बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ । गाडीमा सवार १२ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते
नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
उत्तराखण्डमा पर्यटकले भरिएको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु