काठमाडौं । पूर्वराजावादीहरूले काठमाडौंमा प्रर्दशन गरेको भोलिपल्टै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । फागुन २६ गते सोमबार बसेको मनित्रपरिषद्को बैठकले पूर्व राजावादीहरुले राष्ट्रिय एकता र सामाजिक सद्भाव भड्काउन खोजेको निश्कर्ष निकालेको थियो ।
त्यसपछि बुधबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा संन्यत्रको बैठक बस्यो । साँझ ६ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा संन्यत्रको बैठक अवेर रातीसम्म चलेको थियो । बैठकमा खासगरी पूर्वराजावादीहरुले गरिरहेको गतिविधिलाई नै मध्यनजर गरेर छलफल भएको बैठकमा सहभागी स्रोतले बताएको छ ।
दुई तिहाईको सरकारको नेतृत्व गरिरहँदा पनि जनताको अपेक्षा अनुसार सरकारले काम नगरिरहेको र त्यसको प्रतिफल प्रतिगामी शक्तिहरुले चलखेल बढाउन खोजेको विपक्षी दलका नेताले समेत संसदको रोष्टममा उभिएर खबरदारी गरेपछि भने प्रधानमन्त्रीले लामै समिक्षा गर्ने गरी सुरक्षा संन्यत्रको बैठक बोलाएका थिए ।
प्रचण्डले बुधबार संसदमा एकातिर सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट परिस्थिती आएको भन्दै राजावादीहरुको प्रतिवाद र सरकारमाथी प्रश्नैप्रश्न गरेका थिए ।
‘विपक्षीले पनि सरकारमाथी प्रश्नैप्रश्न उठाउने, पूर्व राजावादीहरुको चलखेल पनि बढ्ने र सरकार निरिह जस्तो देखिएको जनआवाज पनि आउन थालेपछि समग्र स्थितीको समिक्षाका लागि सुरक्षा संन्यत्रको बैठक बसिएको हो,’ बैठकमा सहभागी स्रोतले भन्यो–‘सरकारले अव राजावादीहरुका गतिविधिलाई तत्काल नजिकबाट निगारानी राख्ने र गणतन्त्रविरुद्ध गतिविधि बढाउन खोजे राजनीतिक र प्रशासनिक प्रतिवाद नै गरेर जाने निश्कर्षमा पुगेको छ ।’
सुरक्षा संन्यत्रको बैठकमा यही विषयमा केन्द्रीत भएर छलफल भएको स्रोतले बतायो । बैठकमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका बसन्त कुंबर र राष्टिय अनुसन्धान प्रमुख हुतराज थापा लगायतको उपस्थिती थियो ।
बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्र लगायत समाजवादी मोर्चाले चैत १५ मा काठमाडौंमा गणतन्त्रका पक्षमा गर्न लागेको जनप्रर्दशनका विषय पनि छलफलका क्रममा उठेको थियो ।
तत्काल पूर्वराजावादीहरुको गतिविधि निगारानी नगर्ने र राजनीतिक र प्रशासनिक प्रतिवाद नगर्ने हो भने राजावादीहरुले चलखेल बढाउन सक्ने र त्यसमा छिमेकीहरुको एउटा समुहको साथ लिनसक्ने तिर पनि सचेत हुनुपर्ने निश्कर्ष निकालेको स्रोतको भनाई छ ।
पूर्वराजावादीहरूले प्रदर्शन गरेकै दिन २५ फागुनदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई महिनाका लागि राजधानीका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका बारेमा पनि छलफल छ ।
पूर्व राजाले राजाकै रुपमा सम्वोधन गर्ने, उनलाई राजावादीहरुले त्यही रुपमा प्रस्तुत गर्ने , राष्टिय झण्डा आन्दोलनमा प्रयोग गर्ने लगयतका काम गरेकोमा पनि संन्यत्रको बैठकमा कुरा उठेको थियो । संविधानतः यी कुरा गर्न नपाईने र राष्टिय झण्डाको दुरुपयोग गर्न नपाइन विषयमा पनि बैठकमा कुरा उठेकोले त्यसरी पूर्व राजावादीहरुले झण्डाको दुरुपयोग गरेको विषय रोकेर जाने सम्मका छलफल समेत भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता