१५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १० : ५४
१५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं। चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ । आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष मोर्चाले निकालेको छ । ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने र हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ,' उनले भने,  ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौं । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ ।’

भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए ।

एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन् । यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस