जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।
दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
‘सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । ६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ’ उनले भने ।
बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना
भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते
भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु