काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठकले एसइई र कक्षा १२ का विद्यार्थीलाई घरपायक पर्ने गरी उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय केन्द्रलाई परिपत्र गरेको छ ।
लकडाउन खुलेर सामान्य परिस्थिति भएपछि लिइने परीक्षामा विद्यार्थीबीचको दूरी कम्तीमा एक मिटर फरक हुनुपर्ने र एउटा उपकेन्द्रमा ५० विद्यार्थी रहने गरी परीक्षा उपकेन्द्र कायम गर्न बोर्डले परिपत्र गरेको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डको निर्णयअनुसार परीक्षा केन्द्रमार्फत बिहीबार सबै जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरिसकेको बताए । सामाजिक दूरी कायम राख्न र विद्यार्थीलाई घरपायक बनाउन परीक्षाको उपकेन्द्र कायम गर्न परिपत्र गरेको उनको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० बैशाख २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : राष्ट्रिय परीक्षा बोर्ड
१२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू: राष्ट्रिय परीक्षा बोर्ड
अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या
एसईई पूरक परीक्षाको नतिजा असोज पहिलो साता