काठमाडौं । काठमाडौंको कलंकी अण्डरपासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
बल्खुबाट कलंकीतर्फ आउदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको नम्बर खुल्न नसकेको टिपरले गएराती पौने १ बजे ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको कटहरिया गाँउपालिका ४ का १९ बर्षीय राकेश कुमार चौधरी र पछाडी सवार कटहरिया ७ का २४ बर्षीय मुन्ना चौधरीको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा राती २ बजे मृत्यु भएको हो ।
दुर्घटना लगतै टिपर सहित फरार भएका चालकको खोजी भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते