काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी वितण्डाको विरोध गर्दा सरकारले राहत महसुस गरेपनि आफूहरू केपी ओली सरकारको विपक्षमा रहेको बताएका छन् ।
ओली सरकारको कुशासनकै कारण राजावादीले टाउको उठाएको उनको आरोप छ । नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले ओली सरकारविरुद्ध निर्णायक धक्का दिने बताएका हुन् ।
‘राजावादीले गरेको वितण्डाको विरोधमा हामीले सभा गर्दा सरकारलाई राहत मिलेजस्तो भएको छ । जुन, जनविरोधी सरकारका कारण प्रतिगामीले टाउको उठाएका हुन् । धमिलो पानीमा माछा पार्न खोजेका हुन्’, प्रचण्डले भने, ‘यो सरकारप्रति नजरम हुनेगरी हामी जादैनौं, सरकारले गरेको ज्यादति र भ्रष्टाचार विरोधी कामको विरोध गर्छौं।’
माओवादीले राजावादीको विरोध गर्दा सरकारलाई राहत मिलेपनि सरकारप्रति आफूहरू कठोर रहने उनले बताए । ‘प्रतिगामीले टाउको उठाउन खोज्नुको मुख्य कारण कांग्रेस–एमाले गठबन्धन सरकारले भ्रष्टाचारीको पक्षमा लिएको कामका कारण हो’, प्रचण्डले भने, ‘राम्रो काम गर्नेलाई लखेट्ने, आफ्ना भ्रष्टको रक्षा गर्ने काम अहिले भइरहेको छ । मेरो नेतृत्वको सरकारले राम्रो काम गर्न खोज्दा खोज्दै अपारदर्शी ढंगले त्यसपछि जनतामा आक्रोश छ ।’
प्रचण्डले चारैतिर आन्दोलनको माहोल बन्दै गरेको उल्लेख गर्दै ओली सरकारविरुद्ध निर्णायक प्रहार गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड
‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
शंखरापुरमा प्रचण्डलाई सखर उपहार