काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लमिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको डा. मुकुल ढकालले बताएका छन्। उनले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको समेत बताएका हुन्।
आइतबार सामाजिक सञ्जाल फेसबूकमा त्यो समयको राजनीतिक गतिविधिबारे खुलाएर लामो स्टाटस लेख्दै ढकालले नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको भए पनि अवसर नजुटेको जिकिर गरे।
रविलाई प्रधानमन्त्री हुने अवसर नजुटेको बारे ढकालको स्टाटस यस्तो छ ?
रवि दाइ प्रधानमन्त्री बन्ने कुरा, खासमा के भएको थियो ?
त्यतिबेला प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन परिवर्तन गरि एमाले-रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, कांग्रेस प्रतिपक्षमा बस्यो। कांग्रेस प्रतिपक्षमा बसेपछी, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए। नेपाली कांग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछी शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो।
कांग्रेसबाट त्यसरी प्रस्ताव आएपछी, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए। सरकार कसरी छोड्ने र कांग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनु भएको थियो। तर मकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछी, मैले रवि दाइलाई संविधानका ‘धारा १००(२) – प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’ अनुसार जान पर्ने हुन्छ र तत्कालिन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताए। त्यसरी प्रचण्डले ३० दिनमा आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेर बहादुर देउवालाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो। रास्वपाले तत्काल सरकार छाडे, कांग्रेस-माओवादी गठबन्धन बन्न सक्ने र ७६९२० अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३)अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो।
नेपाली राजनीतिमा धोकाधडि अनेक हुने गरेको, कांग्रेसबाट आएको उक्त प्रस्ताव १-२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा कांग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो। कांग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन। यसरी, रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछी बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ , यो त झुक्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछी कांग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भए।
यसर्थ, इतिहाँसको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। प्रधानमन्त्री पद छोडेको भन्ने दावि निराधार छ।
माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागी नेपालको संविधान पल्टाउन सक्नुहुन्छ। कांग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्नसक्नु हुन्छ। डेमोक्रेटिक एलायन्समा पुग्ने संसदको अंकगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ। यसर्थ जनतालाई भ्रममा पार्ने गरि हौवा नपिटौँ।
(माथि उल्लेख गरिएका सबै कुरा मिडियामा आइसकेका हुन्। त्यसलाई एक ठाउँमा राखेर कुरा क्लियर मात्र पारेको हो। राजनीतिक पार्टीहरूबीच हुने आपसी कुरालाई रवि दाइ आफैँले पटक पटक दोहोर्याएर अराजनीतिक चरित्र देखाएका हुन् , मैले यता ठ्याक्कै के भएको थियो, त्यो भनिदिएको मात्र हो।)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव (पूर्णपाठ)
स्वर्णिम वाग्लेबाट मलाई कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु : मुकुल ढकाल
रास्वपा महामन्त्री ढकाल पदमुक्त, साधारण सदस्यमात्र रहने