धनगढी । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सोही ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार बोहराको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।
उनकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु