मकवानपुर । मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बेलुकी ८ बजे मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति ९:२० बजे मृत्यु भएको हो।
दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको छ।
अटोमा पुजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए। दुर्घटनामा उनी पनि घाइते छन्। उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु