काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकहरूको मागलाई उपेक्षा गरेर सरकारले निरङ्कुश चरित्र देखाएको आरोप लाएका छन् ।
केही दिनदेखि संघीय राजधानी काठमाडौँमा शिक्षकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै गुरुङले संसद्बाट विधेयक पारित गरी ऐन बनाउनुपर्नेमा चालु अधिवेशन बन्द गरी सरकारले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘सदनबाट शिक्षा विधेयक शीघ्र रूपमा पारित गरियोस् भनी शिक्षकहरूले गत चैत्र २० गतेदेखि सडक आन्दोलनमा उत्रेको देखिन्छ। उक्त विधेयक शीघ्र तर रूपमा पास नभएमा सडक आन्दोलन उत्रने भनी सरकारलाई अग्रिम जानकारी पनि शिक्षकहरूले गरेको देखिन्छ। तर सरकारले चैत्र १९ गते मध्यरातबाट हिउँदे विधेयक अधिवेशन समापन गरेको छ।
शिक्षा विधेयक शिक्षा समिति को उपसमितिमा दफा छलफलमा रहेको देखिन्छ। समितिबाट पारित गरियो नै भने पनि सदन नचलेको स्थितिमा फुल हाउसबाट पारित हुन सक्ने भएन। यस्तो स्थितिमा विधेयक र सदनको स्थितिबारे शिक्षकहरूसँग वार्ता–संवाद केही नगरी सदनको समापन गर्नु सरकारको शिक्षकहरू प्रतिको उपेक्षा, अवहेलना र सरकारको निरङ्कुश चरित्रको पराकाष्ठा हो ।’
सरकारको गैर जिम्मेवार व्यवहारले गर्दा देश भरका विद्यालयहरूको पठन पाठन ठप उनले लेखेका छन् । आन्दोलनरत शिक्षकहरूसँग अविलम्ब वार्ता गरी सदनमा विचाराधीन विधेयकबारे कहिलेसम्म सदन बोलाएर पारित गर्ने भन्नेबारे एउटा प्रतिबद्धता जाहेर गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ
टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ
समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको छ : देव गुरुङ