विराटनगर । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व-पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका- ६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका-३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । बस चालक सिरहाको लाहान नगरपालिका-१५ का ३४ वर्षीय सुर्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु