काठमाडौँ । नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ८ बुँदे सर्कुलर गरेको छ । चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को निर्णयअनुसार मातहतका कमिटीमा आइतबार ८ बुँदे सर्कुलर पठाइएको हो ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिको संक्षिप्त संश्लेषण गरेको गरेको विषय उल्लेख छ ।
यस्तै हालका लागि प्रदेशमा सह–इन्चार्जहरुको पद नराख्ने, सह–इन्चार्ज रहेकाहरुलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने सर्कुलरमा उल्लेख छ । यस्तै सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल, बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रसाद सिंहलाई तोक्ने निर्णय भएको सर्कुलरमा उल्लेख छ ।
यसैगरी पार्टी एकता प्रकृयासँग जोडिएका नेताहरुको जिम्मेवारी निश्चित पनि गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट जयराज संयोक लिम्बू र प्रविण चाम्लिङलाई बैकल्पिक केन्द्रीय सदस्य, मधेस प्रदेसबाट लक्ष्मी चौधरी (ज्योती)लाई केन्द्रिय सदस्य र प्रमोद साहलाई बैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।
यसैगरी वागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगीलाई बैकल्पिक केन्द्रीय सदस्य, कर्णाली प्रदेशबाट तर्कबहादुर शाहीलाई केन्द्रिय सदस्य तथा भिमबहादुर मल्ल (सुवास) लाई बैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय माओवादीले गरेको छ ।
यस्तै ‘बिशिष्ठ अवस्था’ भन्दै पूर्णसिँ राजवँशी केन्द्रीय सदस्य तथा पि.यल. श्रेष्ठ र हरिस ठकुल्ला बैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यस्तै नन्दबहादुर पुन (पासाङ) लाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी निस्चित गरिएको सर्कुलरमा उल्लेख छ ।
यसैगरी विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा उनीहरुको एकतह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्विकार गरिएको सर्कुलरमा उल्लेख छ ।
‘उहाँँहरु विगतमा जुन तहमा रहँदै आउनु भएको थियो सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरुमा संगठित गर्ने निस्चित गरिएको छ’, सर्कुलरमा भनिएको छ ।
यसैगरी केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको उल्लेख छ । जसअनुसार विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरुको बढुवा रोकिएको छ ।
यस्तै विभागहरुको बैठक बसि सबै विभागहरुलाई क्रियाशिल गराउने, विभागहरुको सदस्यहरुमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने पनि सर्कुलरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
माओवादीले फेरि किन स्थगित गर्यो हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान ?