मनिला । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ ।
गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ ।
गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ ।
सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ मंसिर २०७६, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी
अमेरिकामा आयो अर्को शक्तिशाली आँधी