शिक्षकहरूको सडक प्रदर्शन आज पनि जारी

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, ११ : १२
शिक्षकहरूको सडक प्रदर्शन आज पनि जारी

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् ।

सोमबार पनि काठमाडौँको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पत्तिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस