मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् । आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताउँदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।
उनले भने, “पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।”
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए । उनले भने, “आज यहाँ शिलान्यास भएको आयोजना एउटा महत्त्वपूर्ण कडी हो । सरकारको ‘एक घर, एक धारा’ अभियानले मुलुकभरिका नागरिकलाई प्रत्यक्ष रूपमा सुरक्षित पानी आपूर्ति गर्नेछ ।”
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए ।
नेपाल सरकारले खानेपानी सेवालाई अझ प्रभावकारी, दिगो, र सर्वसुलभ बनाउने प्रतिबद्धता लिएकोसमेत मन्त्री यादवले बताए । उनले भने, “हामी सबैको सहकार्य, समर्पण, र दृढ इच्छाशक्तिका माध्यमबाट नेपाललाई स्वच्छ, सुरक्षित र समृद्ध राष्ट्र बनाउने हाम्रो साझा लक्ष्यलाई हामी अवश्य प्राप्त गर्नेछौँ ।”
आयोजना शिलान्यास गर्ने कार्यमा सहयोग गर्ने तथा आजको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू, स्थानीय समुदाय, प्राविधिक विज्ञ, तथा खानेपानी क्षेत्रमा समर्पित सबैलाई मन्त्री यादवले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव
काभ्रेमा बाढीले क्षती गरेका खानेपानी संरचना निर्माणको काम फाष्ट ट्र्याकमा गछौँ : मन्त्री यादव
मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव
सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउनू : मन्त्री यादव
असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’ : मन्त्री यादव