काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रियाहरू पूरा गर्न निर्देशन दिएका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) मा फोहोर पानी आधारित निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन्।
'राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा ललितपुर जिल्लामा खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन र अन्य आवश्यक प्रक्रियाहरू पूरा गर्नुहोस्,' उनले भने। जिटुजी कार्यक्रमअन्तर्गत सिस्नेरी खानेपानी आयोजनाको कार्यान्वयनका लागि सम्भावनाहरूको पहिचान गर्न पनि मन्त्री यादवले निर्देशन दिए।
मन्त्री यादवले नेपालमा पहिलो पटक फोहोर पानी आधारित निगरानी प्रणालीको लागि तयार गरिएको प्रयोगशालामा खुसी व्यक्त गर्दै भने, 'यो प्रणाली प्रारम्भिक चेतावनी प्रणालीको रूपमा कार्य गर्नेछ। जसको ठूलो महत्त्व छ। हालः यो प्रणालीले केही रोगहरूको मात्र अध्ययन गर्नेछ। तर यसको थप विकास आवश्यक छ।'
उक्त प्रयोगशाला आजदेखि सञ्चालनमा आएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख एवं कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए। यसैबीच मन्त्री यादवले काठमाडौंको कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखामा बाढीले क्षति पुर्याएका महत्त्वपूर्ण उपकरणहरूको मर्मतको प्रगति अवलोकन गरे। निरीक्षणका क्रममा उनले बाढीले क्षति पुर्याएका उपकरणहरूको मर्मत कार्य अघि बढाउन निर्देशन पनि दिए।
सोही क्रममा मन्त्री यादवले सुन्दरीघाटस्थित पानी प्रशोधन केन्द्र र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)को गोदामको पनि अवलोकन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव
काभ्रेमा बाढीले क्षती गरेका खानेपानी संरचना निर्माणको काम फाष्ट ट्र्याकमा गछौँ : मन्त्री यादव
मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव
असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’ : मन्त्री यादव