पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् ।
आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए ।
उनले भने, “चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी नि:शुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दैछौँ । अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन् ।”
सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि नि:शुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव
काभ्रेमा बाढीले क्षती गरेका खानेपानी संरचना निर्माणको काम फाष्ट ट्र्याकमा गछौँ : मन्त्री यादव
मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव
सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउनू : मन्त्री यादव
असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’ : मन्त्री यादव