काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौँती, बनेपा र धुलिखेल नगरपालिकाकमा क्षती गरेका खानेपानी मन्त्रालय अन्तरगत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने बताएका छन् । बिहीवार स्थलगत अनुगमनमा पुगेका उनले सो कुरा बताएका हुन् ।
मन्त्री यादव गएको असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेको बनेपाको शसी पानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौँती नगरपालिका अन्तरगत वडा नं २ र १२ मा रहेका खानेपानीका मुहान लगायतका विभिन्न संरचनामा भएको क्षतीको जानकारी लिन स्थलगत अनुगमनमा पुगेका हुन् । ‘पनौँतीमा खानेपानी मन्त्रालय अन्तरगत विभागका संरचनामा पनि बाढीले ठूलो क्षती गरेको छ । मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गछौँ, अन्य विषयतगका कामहरु आवश्यक प्रकृया पुरा गरेर अगाडि बढाउँछौँ‚’ उनले भने ।
सो क्रममा मन्त्री यादवले पनौँताका जनप्रतिनिधी, स्थानीयवासी‚ मन्त्रालय, विभाग लगायतको सहयोगमा पनौँती लगायतका क्षेत्रमा अस्थायी पानी आइरहे पनि स्थायी तथा दीर्घकालिन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए । बाढीका कारण नेपाल खानेपानी संस्थान अन्तरगत पर्ने पनौँतीमा रहेको मिनिरलवाटर उत्पादन पलान्टमा पनि ठूलो क्षती भएकाले सबै संरचनाहरुको काम तुरुन्तै बिस्तार गरी बाढीले क्षती गरेका संरचनाको काम फाष्ट ट्र्याकमा गर्ने मन्त्री यादवको भनाई थियो । सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालय अन्तरगत नपर्ने तथा सहरी विकास मन्त्रालय अन्तरगत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफु सहरी विकास मन्त्रसँग सल्लाह गर्ने बताए ।
मन्त्री यादवलाई पनौँतीका नागरिकले बाढीले क्षतबिक्षत बनाएको खानेपानी व्यवस्थापन सँगसँगै मुहान क्षेत्रमा पनि ठूलो क्षती भएकाले मुहान नजिक रहेका बस्तिहरु स्थान्तरणका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधाछौँ : मन्त्री यादव
मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव
सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउनू : मन्त्री यादव
असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’ : मन्त्री यादव