काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गर्दा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमापत्ति गरेको छ ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्रीले बोल्दै गर्दा संसद्को नियमावली नियम २१ को होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसद्को रेकर्डबाट हटाइयोस्,’ उनले भने, ‘एयरपोर्टमा स्वागत गरिएको विषयलाई उहाँले कथित बनाउनुभयो ।’
उक्त विषय संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छन् । साथै, प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् । त्यसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जानकारी संसद्लाई गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ज्ञानेन्द्रलाई पक्राउ गरिए देशभरबाट नागरिक सडकमा उत्रिनेछन्’
‘ज्ञानेन्द्र शाहकै कारण नेपालमा खुलेन ओमेगा घडीको उद्योग’
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी
ज्ञानेन्द्र काठमाडौं भित्रिँदा ओली सुदूरपश्चिम जाँदैं