‘ज्ञानेन्द्रलाई पक्राउ गरिए देशभरबाट नागरिक सडकमा उत्रिनेछन्’

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, ०९ : ११
‘ज्ञानेन्द्रलाई पक्राउ गरिए देशभरबाट नागरिक सडकमा उत्रिनेछन्’

एजेन्सी । व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ या नजरबन्द गर्न खोजिएको समाचार आएको भन्दै विरोध गरेको छ । 

समितिका संयोजक नवराज सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरु बाहिर आएको उल्लेख छ । 

तर, त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरु स्वतस्फूर्त विरोधमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ । 

शुक्रबारको तीनकुने प्रदर्शनका त्रममा भएको घटनापछि आन्दोलनका कमाण्डर दुर्गा प्रसाइ लगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रम पश्चात जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शम्शेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

तर, जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने र जनचाहना तथा  जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस