काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा प्रदेशको विकास र संवृद्धि बारे छलफल भएको बताइएको छ ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिएन । प्रधानमन्त्री ओलीसमक्ष लगानी तथा विकास सम्मेलनले प्रदेशको विकास ठूलो टेवा पुग्ने मुख्यमन्त्री शाहले बताएका थिए ।
भेटमा आर्थिक वर्ष २०८२-८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरिएको थियो। प्रदेशका ठूला परियोजनाको बारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने
देउवा तर्साउन ओलीको खतरनाक खेल
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
सिंगापुरको प्रधानमन्त्रीमा पुनः लरेन्स वङ विजयी