साहसिक खेलकुदबाट पर्यटनको विकास गर्न सकिन्छ : सभामुख

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, १४ : १४
साहसिक खेलकुदबाट पर्यटनको विकास गर्न सकिन्छ : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिने बताएका छन् ।

सोमबार काठमाडौंमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको भौगोलिक अवस्थामा साहसिक खेलकुदको प्रचुर सम्भावना रहेकाले यसमार्फत खेल पर्यटनको विकास गर्न सकिने र राष्ट्रले आयआर्जन समेत गर्न सकिने बताएका हुन् ।

उनले खेल क्षेत्रको विकासका लागि सरकारले धेरै प्रयास गरेपनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे ।