एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्।
युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्।
रुसले सञ्चालन गरेको झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको आशय जेलेन्स्कीको थियो। यसको एक घण्टाकै अवधिमा अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई तानासाहको संज्ञा दिएका हुन्।
गत साता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० मिनेट लामो फोन वार्ता गरेपछि साउदी अरेबियामा दुई देशका नेतृत्वको बिचमा वार्ता भएको हो। यी दुई देश बिचमा वार्ता भएपछि जेलेन्स्कीले यसमा असहमति जनाएका छन्।
पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनको नेतृत्वमा अमेरिका युक्रेनको सबै भन्दा ठुलो सहयोगी थियो। ट्रम्प प्रशासनले बिना शर्त युक्रेनलाई सहयोग पठाउने कुनै सम्भावना नरहेको जनाइसकेको छ।
ट्रम्पले त्यसपछि जेलेन्स्की बिना निर्वाचन सैन्य शासनको साथमा सत्तामा रहेको बताउँदै उनको वैधानिकता माथि नै प्रश्न उठाएका थिए। जेलेन्स्की सन् २०१९ भएको निर्वाचनको दोस्रो चरणमा ७३ प्रतिशत मत पाउँदै विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ फागुन २०८१, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने, जेलेन्स्कीले यस्तो भने ?
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
खनिज सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने
‘नाटोको सदस्यता पाए राजीनामा दिन तयार छु’: जेलेन्स्की
शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की