काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका- १० बोशीगाउँस्थित वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्रसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरूलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूकोसाथबाट ८ लाख ५० हजार १ सय १ रुपैयाँ, कौडा १८ थान र ३ बुक तास बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
नक्कली नोटसहित पाँच जना पक्राउ