स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १५ : ४६
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

शुक्रवार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले बोर्डले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे । काफ्लेले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण भुमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताए ।

कार्यकारी निर्देशक डा. काफ्लेले सात सय ५३ वटै पालिकाबाट बिस्तारित स्वास्थ्य बीमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताए । सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने उनको भनाइ छ ।

उनले सेवा प्रवाहका लागि देखिएका आर्थिक समस्याहरु सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यकारी निर्देशक डा. काफ्लेले अहिले भइरहेको स्वास्थ्य सेवाको प्याकेजमा पुनरावलोकन गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस