काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यता झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेक बहादुर थापासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै चितवनको कालिका नगरपालिका–८ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेटसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका–९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा प्र०६–००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम सहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
बालिकालाई करणी गरेको आरोपम युवक पक्राउ
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गोली प्रहार घटनामा संलग्न ३ जना पक्राउ