महोत्तरी । महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बलात्कार आरोपमा पक्राउ परेका छन् । रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले बताए ।
महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । एसपी पोखरेलका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।
पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
नक्कली नोटसहित पाँच जना पक्राउ
बाल विवाहमा प्रहरी हस्तक्षेप, जग्गेबाट बेहुलाबेहुली र पण्डित पक्राउ