कैलाली । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।
विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो ।
त्यहाँ बसिरहेको अवस्थामा साउदलाई फेला पारी खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार टाउको देखि पुच्छरसम्म छालाको ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ रहेको छ । उनलाई पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ वटा मुद्दाका अभियुक्त देउला सुनका गरगहना चोरेको आरोपमा फेरि पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ
चितुवाको छालासहित युवक पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
विवाह समारोहमा कुटिएका दिनेशको उपचारका क्रममा मृत्यु, दुई जना पक्राउ
भरुवा बन्दुकसहित १ जना पक्राउ