वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् । उनी र किम जोङ उनबिच अझै पनि राम्रो सम्बन्ध रहेको उनले बिहीबार भनेका हुन् ।
दुई देशबिच पहिले नै धेरै शिखर सम्मेलनहरू भइसकेका भन्दै ट्रम्पले फेरि एक पटक किम जोङलाई आणविक शक्तिको रूपमा उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे । के उनी किमसँग सम्बन्ध पुनर्स्थापित गर्ने योजनामा छन् ? भनेर ट्रम्पलाई सोधिएको थियो । यसको जवाफमा ट्रम्पले किम र आफूबिच निकै राम्रो सम्बन्ध रहेको र अब के हुन्छ भनेर हामी हेर्नेछौँ भनेका थिए ।
तर, उत्तर कोरिया निश्चित रूपमा एक आणविक शक्ति भएकोमा पनि ट्रम्पले जोड दिएका थिए । जनवरी २० मा आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै ट्रम्पले उत्तर कोरियालाई आणविक शक्ति राष्ट्र भनेका थिए ।
यसपछि ट्रम्पले आणविक हतियार हटाउनुको सट्टा हतियारको सङ्ख्या घटाउनेबारे पो प्योङयाङसँग वार्ता गर्ने हुन् कि भनेर प्रश्नहरू उब्जिएका थिए ।
रुस र चीनको आणविक हतियार भण्डारको उल्लेख गर्दै यी दुवै देशले आणविक हतियारको सङ्ख्या घटाउन माने यो नै ठुलो उपलब्धि हुने ट्रम्पले बताएका थिए । भारत, पाकिस्तान र आणविक हतियार भएका अन्य देशहरूलाई पनि यस प्रक्रियामा संलग्न गराउन आवश्यक हुने उनले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
अतिरिक्त भन्सार महसुलमा व्यवहार ठिक भएनः ट्रम्प
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा