काठमाडौँ । पहाडको नजिकै लगेर विमान उडाएको आरोपमा पाइलटलाई निलम्बन गरिएको छ । बेलायतबाट इजिप्टका लागि उडेको विमान एउटा पहाडको नजिकै उडेको पाइएपछि पाइलटलाई यस्तो कारबाही गरिएको हो ।
इजीजेट एयरलाइन्सको उक्त विमानलाई पाइलट पल एल्सवर्थले उडाएका थिए । उक्त घटना फेब्रुअरी २ मा भएको बताइएको छ ।
एयरबस ३२० इजिप्टको विमानस्थलमा अवतरण गर्न लाग्दा ककपिटमा ग्राउन्ड प्राक्सिमिटी वार्निङ सिस्टम सक्रिय भएको बताइएको छ, जो एउटा सुरक्षा फिचर हो । त्यसपछि विमानलाई उचाइमा लगेर सम्भावित दुर्घटना टारिएको थियो ।
अधिकारीहरूका अनुसार पहाडको नजिक पुगेका कारण विमानको सुरक्षा फिचर एक्टिभ भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार विमान ३ हजार १०० मिटरको उचाइमा उडिरहेको भए पनि पहाडको टुप्पोबाट ७७१ फिटमात्र माथि थियो । सामान्यतया उक्त पर्वत शृङ्खलामा विमानलाई ६००० फिटको उचाइमा उडाउनु पर्दथ्यो ।
सेक्युरिटी फिचर एक्टिभ हुनुअघि विमान प्रतिमिनेट ४ हजार ९२८ फिटको दरमा तल झरिरहेको अनुसन्धानबाट पत्ता लागेको छ ।
यसबारेमा पाइलट पल एल्सवर्थले नै जानकारी गराएको बताइएको छ । त्यसपछि उनलाई उक्त विमान बेलायत फर्कने उडानको नेतृत्व गर्नबाट रोकिएको थियो भने एक यात्रीका रूपमा उनी बेलायत फर्किएको बताइएको छ ।
पाइलटलाई निलम्बन गरी थप छानबिन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते