काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)लाई चुनौती दिएका छन्।
बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।
अहिलेको व्यवस्थाले देश बर्बाद भएको सबैले बुझेको उनको दाबी थियो । ‘तपाईंहरूसँग दुई तिहाइ छ । हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् । हामी समर्थन गर्छौं,' उनले भने, 'अनि चुनाव लडेर आऔं, जितौं । आफैं मन्त्री हुने र आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई शाहीको आग्रहः एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्
माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ, कांग्रेस र एमालेलाई होइन : ज्ञानेन्द्र शाही
राष्ट्रिय सभा सदस्यलाई ज्ञानेन्द्र शाहीको चेतावनी- निर्वाचित सांसदलाई तर्साउने काम बन्द गर्नुस्
वंशजको नागरिकता क्यान्सिल गर्नु हुँदैनः ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको १० बुँदे ज्ञापनपत्र