दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रंगशालामा

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १२ : १७
दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रंगशालामा

रूपन्देही । लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रंगशालामा हुने भएको छ । दोस्रो संस्करणको फुटबल लिग नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित सुर्यनगगर रंगशालामा हुने भएको हो ।

लुम्बिनी प्रदेश फुटवल संघको आयोजनामा चैत्र २ गतेदेखि ८ गतेसम्म सन्चालन हुने लिगमा ७ टिमको सहभागिता रहने लुम्बिनी प्रदेश फुटबल संघका महासचिव भिमकाजी गुरुङले जानकारी दिए ।

प्रतियोगितामा धम्बोजी क्लब बाँके,राईजिङ स्टार सामुदायिक प्रतिष्ठान नवलपरासी,फर्साटिकर युवा क्लब रुपन्देही,न्यु स्टार फुटवल एकेडेमी दाङ,जनजागृति युवा क्लब बर्दिया,न्यु युथ युनियन क्लव पाल्पा,गोल्डेन स्टार युवा क्लव कपिलवस्तु गरी साटवटा जिल्लाका ७ टिम सहभागी हुने भएका हुन ।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २२ हजार २ सय २२ र द्वितीय हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहने लुम्बिनी फुटवल संघका कोषाध्यक्ष मिग्मा चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस