काठमाडौं। बाँकेमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका-८ बस्ने २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
सोही गाउँपालिका-८ बीचलाइनस्थित विवाह कार्यक्रममा भएको वादविवादको क्रममा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारका लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै, कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
नक्कली नोटसहित पाँच जना पक्राउ
बाल विवाहमा प्रहरी हस्तक्षेप, जग्गेबाट बेहुलाबेहुली र पण्डित पक्राउ
सुनचाँदी चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ
२९ किलो चरेससहित तीन युवा पक्राउ