काठमाडौं। सुनजस्तो देखिने धातुसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेकी छन् ।
थाई एयरको उडानद्वारा बैङकबाट काठमाडौं आएकी गुरुङलाई सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सुनजस्तो देखिने धातुको रिङ १६ थान, सुनजस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औँठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ।
मैयाँले यी सामान अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी मैयाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
नक्कली नोटसहित पाँच जना पक्राउ
बाल विवाहमा प्रहरी हस्तक्षेप, जग्गेबाट बेहुलाबेहुली र पण्डित पक्राउ
सुनचाँदी चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ
२९ किलो चरेससहित तीन युवा पक्राउ