काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले दुई महिलाको उद्धार गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ भन्सारनजिक सञ्चालित एक होटलबाट प्रहरीले दुई महिलालाई उद्धार गरेको हो ।
इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले होटलमा खानतलास गरी ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी सुवास भट्टले जानकारी दिए ।
उनले होटलबाट चारजनालाई नियन्त्रणमा लिएको पनि बताए । उनीहरूलाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मान बेचबिखन तथा ओसारपसार (नियन्त्रणं ऐन २०६४ बमोजिम कसूरमा अनुसन्धान अगाडि बढाइएको भट्टले जानकारी दिए ।
पक्राउ पर्नेमा तीन नेपाली तथा एक भारतीय नागरिक छन् । नेपाली नागरिकमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका– १४ घर भएकी ३८ वर्षीया मीराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका– २ की ३२ वर्षीया सुक्रान्ति चौधरी र ओखलढुंगा देयाले गाउँपालिका– ५ का ३३ वर्षीय दीपेश राई छन् । भारतीय नागरिकमा विहारका ३५ वर्षीय मनेजर राय छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
नक्कली नोटसहित पाँच जना पक्राउ
बाल विवाहमा प्रहरी हस्तक्षेप, जग्गेबाट बेहुलाबेहुली र पण्डित पक्राउ
सुनचाँदी चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ
२९ किलो चरेससहित तीन युवा पक्राउ