काठमाडौं। अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार उनीहरूले हालसम्म दुई करोड ४१ हजार ६ सय ३६ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
साथै प्रहरीले उनीहरूबाट नगद ९० हजार, चार थान मोबाइल सेट, एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड, विभिन्न ब्याङका २७ थान एटीएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
नक्कली नोटसहित पाँच जना पक्राउ
बाल विवाहमा प्रहरी हस्तक्षेप, जग्गेबाट बेहुलाबेहुली र पण्डित पक्राउ
सुनचाँदी चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ
२९ किलो चरेससहित तीन युवा पक्राउ