मकवानपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका-३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका चालक पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
रौतहटमा ११ जना फरार प्रतिवादी पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ