काठमाडौ । ग्राहकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। बराललाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।
‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ अधिकारीले भने।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
रौतहटमा ११ जना फरार प्रतिवादी पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी