काठमाडौँ । विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः अस्मिता भण्डारी निर्वाचित भएकी छिन् । महासंघको ११औँ महासम्मेलनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
जनकपुरधाममा सोमबार भएको महाधिवेशनमा महासंघको अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भु बहादुर खड्काकाे संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको सदस्यहरूमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरी थिए ।
सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्गत भारत, नेपाल,अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरूबाट प्रतिनिधिहरूको सहभागिता थियो ।
त्यस्तै, जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ लगायत भारतबाट विभिन्न सन्तहरू समेत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी
दलितको घर भत्काएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी