प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, १५ : ३०
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । शनिबार अध्यक्ष प्रचण्डले उद्घाटन गरेको महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अघि बढेको हो ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ताको समय सकिएको छ । अध्यक्ष पदमा कमल गिरी र दीपेन्द्र रावलको उम्मेदवारी परेको छ । गिरी पार्टी हेडक्वार्टरका उम्मेदवार हुन् भने रावल जनार्दन शर्मानिकटका हुन् ।

निर्वाचन समितिका संयोजक गोविन्द आचार्यले मनोनयनको समय सकिएको र केहीको फारम आउन बाँकी रहेकाले कसको कुन पदमा उम्मेदवारी परेको भन्ने आधिकारिक विवरण आइनसकेको  बताए ।

 

प्रतिक्रिया दिनुहोस