काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिएकी छन् । अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् । शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।
गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आएका थिए । तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको निर्देशनमा आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो ।
निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो । माघ ३० गते राष्ट्रिय सभागृहमा उदघाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने पूर्वतालिका रहे पनि आज फागुन ३ गते मात्र नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी
दलितको घर भत्काएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा
गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन