झापा। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । दमकमा आयोजित पार्टीको जिल्ला भेलाद्वारा पुनर्गठित समितिको अध्यक्षमा शत्रुधन चौधरी चयन भएका छन् ।
समितिको उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र सावित्रीकुमारी राजवंशी, सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश लावती र कोषाध्यक्षमा नुतन झा चयन भएका छन् ।
पुनर्गठित समितिको सदस्यहरूमा लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया, जयनारायण राजवंशीलगायत रहेका पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवको प्रमुख आथित्यतामा सम्पन्न जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य धीरेन लावती, लोकसागर साम्बा, कोशी प्रदेश अध्यक्ष दीपक याक्खालगायतको सहभागिता रहेको थियो ।
भेलामा सहभागी वक्ताहरुले पहिचान र सङ्घीयताका निम्ति राजनीतिक आन्दोलनमा रहेका स–साना शक्तिहरूलाई आफूमा समाहित गरेर अगाडि बढ्न सकेमात्र जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल, महासचिवमा अधिकारी
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पाण्डे निर्वाचित
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को ?(सूचीसहित)