महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको निर्माणाधीन भवनको आज निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा निर्माणाधीन भवनस्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुग्नुभएका मुख्यमन्त्री सिँहसँगै कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरीलगायत सहभागी थिए ।
प्रदेश सरकारको सात करोड लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माणाधीन भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहने जनाइएको छ ।
कोषले दुई वर्षको अन्तरमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । कोषले गत तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गरिरहेको छ । मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित १० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित: मुख्यमन्त्री सिंह
रास्वापा राष्ट्रिय सम्मेलन : मधेस प्रदेशको रिपोर्ट पेस
प्रधानमन्त्रीलाई मधेस प्रदेशका मुख्यमन्त्रीले बुझाए २२ बुँदे मागसहित ज्ञापनपत्र
सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहको तयारी गर्दै मधेस प्रदेश सरकार
स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह
मधेस प्रदेश : ६३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै