काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता कार्यकर्तालाई कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने गरी खट्न निर्देशन दिएका छन्।बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटमा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए।
उनले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनको लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए। उनले १५ औँ महाधिवेशनपछि कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा अन्त्य हुने जिकिर गरे।
इमानदार र योग्यहरूले अवसर दिने नेतृत्व महाधिवेशनबाट आउने बताए। भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सांसद सीता मिजारलगायत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असोज २०८१, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य हुँदैन : डा. शेखर कोइराला
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ : शेखर कोइराला
कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ : शेखर कोइराला