काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् । बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा उनले करिब दुई तिहाइको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याए ।
‘हाम्रो संख्या कति पुग्छ त्यसमा भर पर्छ । कांग्रेस र एमालेको संसदको संख्या भनेको झण्डै-झण्डै २ तिहाइको बहुमतको संख्या छ । जबसम्म कांग्रेसले हात झिक्दैन तबसम्म त यो सरकार चलिरहन्छ नि ! नेपाली कांग्रेसले पनि हात झिक्नुपर्ने अवस्था म चैँ देख्दिनँ’, कोइरालाले भने ।
सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उनको भनाइ छ । जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको कोइरालाले टिप्पणी गरे ।
रास्वपाप्रति लक्षित गर्दै उनले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएकोले न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताए । सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको शेखरले बताए ।
उनले आफूलाई पार्टीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको र यसबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनले गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् : शेखर कोइराला
कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ : शेखर कोइराला
जनताको रकम हिनामिहना हुँदा सरकार मुकदर्शक भयो : शेखर कोइराला