काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताएका छन् । विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस-एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस-एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।
‘यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ,’ उनले भने, ‘कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ । त्यसरी जानुपर्यो नि त ।’
उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ : शेखर कोइराला
कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् : शेखर कोइराला
कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ : शेखर कोइराला
जनताको रकम हिनामिहना हुँदा सरकार मुकदर्शक भयो : शेखर कोइराला